दफा ८१
प्राड विवाकको उपस्थिति
(१) प्रत्येक जनरल सैनिक अदालत, समरी जनरल सैनिकअदालत र डिष्ट्रिक्ट सैनिक अदालतमा प्राड विवाक वा प्राड विवाकले खटाएको वा तोकेको प्राड अधिकृत प्राड विवाकको रूपमा उपस्थित हुनेछ ।
(२) कुनै कसुरको अभियोगमा मुद्दा चलाइएको अभियुक्तले सैनिक अदालतमा आफ्नो प्रतिरक्षाको लागि आपूmले रोजेको प्राड अधिकृत खटाईपाउँ भनी प्राड विवाकको प्रतिरक्षा शाखामा अनुरोध गरेमा प्राड विवाकले प्राड अधिकृत खटाइदिन पर्नेछ । यसरी प्राड अधिकृत खटाइएकोमा त्यस्तो प्राड अधिकृतले सैनिक अदालतमा अभियुक्तको तर्फबाट प्रतिरक्षा गर्नेछ ।